Shree Janajyoti Secondary School

कञ्‍चन गाउँपालिका १‚ दानापुर‚ रुपन्देही 

प्रधानाध्यापकको सन्देश...

       विद्यालय सार्वजनिक निकाय हो । यसका गतिबिधिका बारेमा सरोकारवालाहरुलाई सुसूचित गर्नु विद्यालयको दायित्व हो । विद्यालयले गरिरहेका क्रियालाप र विद्यालयको शैक्षिक, आर्थिक, भौतिक र प्रशासनिक गतिबिधिहरुलाई सबै सराेकारवाला समक्ष पुर्‍याउने उद्देश्य विद्यालयको रहेको छ ।

     विद्यालयले अभिभावक र समुदायको चाहना बमोजिम शैक्षिक वातावरण सिर्जना गर्नुपर्दछ । यसबाट नै समूदायको माया, सद्भाव र सहयोग निरन्तर कायम रहने हो । अभिभावक र विद्यालयको साझा उद्देश्य नै कसरी हाम्रा बालबालिकाहरुलाई समय सापेक्षा सिकाइको वातारवण सिर्जना गर्ने भन्नेमा केन्द्रित हुने गर्दछ । तसर्थ विद्यालयले गरेका हरेक क्रियाकलापहरु बालबालिकाप्रति लक्षित हुन आवश्यक छ । बालबालिकाको भविष्यलाई कसरी उन्नत बनाउने र हाम्रा हरेक क्रियाकलाप विद्यार्थीसँग जोडिएका छन् कि छैनन् भन्ने कुरा नै मुख्य कुरा हो । विद्यालयका नियमित क्रियाकलाप पनि यसै अवधारणामा आधारित छन् ।

      विद्यालयको भौतिक, आर्थिक, सामाजिक, व्यवस्थापन तथा शैक्षिक विकासको लागि विद्यार्थी, शिक्षक, समूदाय तथा बौद्धिक वर्गको उल्लेख्य सहयोग र सक्रियताकै बीचबाट विद्यालयले यहाँसम्म आइ पुगेको छ । विद्यालयको यस बुलेटिनमा उल्लेखित लक्ष्य, उद्देश्य र कार्ययोजनाहरुलाई क्रमबद्ध रुपमा कार्यान्वयन तर्फ लाग्नु हामी सबैको कर्तव्य हो । त्यसैले सबैको सहकार्यमा विद्यालयको समग्र विकास गरी एउटा आदर्श शैक्षिक संस्थाको रुपमा स्थापित हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

– तिलकराम लाेध‚ प्रधानाध्यापक

अध्यक्षको सन्देश...

शिक्षाको माध्यमबाट समुदायमा परिवर्तन ल्याउने पवित्र उद्देश्यले स्थापनाभएको यस श्री जनज्योती माध्यमिक विद्यालयकोे वर्तमान अवस्थाको बारेमा तथ्यपूर्ण जानकारी तथा गतिविधिलाई सबै सरोकारवालाहरु समक्ष प्रस्तुत गर्ने जमर्काे गरिएको छ ।

जुनसुकै संस्थाको विकास र उन्नतिका लागि सबैको साथ र सहयोगको महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयको निरन्तर क्रियाशिलताका बीच हरेक क्रियाकलापहरुमा सबैको साथ र सहयोगले नै विद्यालय यहाँसम्म आइ पुगेको हो । विद्यालयलाई अझै नयाँ पहिचान सहितको आदर्श विद्यालयको रुपमा स्थापित गर्न सबैको सक्रियताको निरन्तर आवश्यक हुन्छ ।

यसबीचमा विद्यालयले राखेका योजनाहरुको कार्यान्वयन पक्षमा लागिरहने र विगतदेखि हालसम्म विद्यालय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विभिन्न व्यक्ति, सरकारी तथा गैह्रसरकारी संस्थाहरुको योगदानलाई उच्च कदर गर्दै भविष्यमा समेत यहाँहरुको सहयोगी भूमिकाको अपेक्षाका साथ सम्पूर्ण शिक्षक, व्यवस्थापन समिति, शिक्षक अभिभभावक संघ, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवि वर्ग, विदेशीदाताहरु, विद्यालयका विभिन्न सहयोग समिति, शुभेच्छुकहरुप्रति हर्दिक धन्यवाद व्यक्त गर्दछौं ।

– नरबहादुर थापा 

अध्यक्ष, विद्यालय व्यवस्थापन समिति

पछिल्ला सामग्री

हाम्राे कार्यक्षेत्र